सहुलियत भाडा कार्यान्वयनको माग गर्दै बाँकेमा विद्यार्थीद्वारा धर्नासहित प्रदर्शन

सहुलियत भाडा कार्यान्वयनको माग गर्दै बाँकेमा विद्यार्थीद्वारा धर्नासहित प्रदर्शन

बाँकेः नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरुले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत सहुलियत भाडा कार्यान्वय हुनु पर्ने माग गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा धर्नासहित प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले यस्तो माग गरेका हुन् । विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
धर्ना तथा विरोध सभामा सार्वजनिक भाडामा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर भन्ने ब्यानरमा नारा लेखिएका छन् ।
विद्यार्थीहरुले सरकारले विद्यार्थी, अपाङ्ग र जेष्ठ नागरिकलाई दिने भनिएको भाडा सहुलियत कार्यान्वय हुनु पर्ने माग गरेका छन् ।
यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भाडा सहुलियतको निर्णय कार्यान्वयन गरेका छैनन् ।
व्यवसायीहरुले विद्यार्थी, अपाङ्ग र जेष्ठ नागरिकवाट पूरा भाडा लिने गरेका छन् । यसको मारमा विद्यार्थी, अपाङ्ग र जेष्ठ नागरिक पर्ने गरेका छन् । विद्यार्थी नेताहरुले सरकारले निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने किन हो ? भनि प्रश्न गरेका छन् ।
उनीहरुले आफ्नो अधिकारको कुरा सरकारले कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष डिल्लीले विरोध तथा धर्ना कार्यक्रममा बोल्दै सरकारको कमजोरीले यातायात व्यवसायीहरुले अटेरी गरेको बताए ।
यसैबिच विद्यार्थी संगठनहरुले पुस ९ गते जिल्ला ट्राफिक प्रहरीको कार्यालय कोहलपुरलाई पनि विरोध र्यालीसहित सहुलियत भाडा कार्यान्वयनको माग राख्दै ज्ञापन पत्र बुझाउदैछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :