अखिल (क्रान्तिकारी) धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

धादिङः नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङ जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । धुनिबेशी नगरपालिकाको धार्केमा बसेको बैठकको अध्यक्षता सङ्गठनको केन्द्रीय सदस्य धादिङ जिल्ला इन्चार्ज राजकुमारले गरेका थिए ।

बैठकमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती पश्चिम विशेष प्रदेश इन्चार्ज सुरेन्द्र बस्नेत र विशेष अतिथि नेकपा धादिङका पूर्व जिल्ला सेक्रेटरी एवम् जिल्ला सदस्य प्रवेश र अतिथि युवा संगठन नेपाल धादिङका अध्यक्ष अभयको उपस्थिति रहेको थियो ।

बैठकलाई प्रशिक्षित गर्दै प्रमुख अतिथि सुरेन्द्रले एकीकृत जनक्रान्तिमा युवा विद्यार्थीको भूमिका र जनमतसङ्ग्रहको वातावरण बनाउन जागरण अभियानलाई सशक्त बनाएर जान निर्देशन गरे । विशेष अतिथि प्रवेशले युवा विद्यार्थी आफ्नो अधिकार प्राप्तिको लडाइबाट विचलित नभई निरन्तर अगाडि बढ्नु पर्ने बताए । बैठकमा अतिथि अभयले शुभकामना मन्तव्य राखका थिए ।
बैठकले धादिङ जिल्लामा भएका शैक्षिक विकृति, विसङ्गतिलाई भन्डाफोर गर्दै शैक्षिक दलाल, माफिया, भ्रष्टाचारी विरुद्ध सङ्घर्ष गर्ने र पौष १६ गते विद्यार्थी जागरण अभियान उद्घाटन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :