ओखलढुंगामा एमसीसी विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न

ओखलढुंगामा एमसीसी विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न

ओखलढुंगामा एमसीसी विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ओखलढुंगाको जिल्ला अदालतबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै गणेश चोकमा पुगेर सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज विवेकले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए । नेपालमा एमसीसी कुनै पनि हालतमा लागु गर्न नहुनेमा जोड दिए । एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गतको बजेटबाट नेपालमा लगानी गर्न लागिएको र यसलाई विना सर्त नेपालबाट फिर्ता पठाउनु पर्ने उनको भनाई थियो । यदि एमसीसी कुनै हालतमा संसदबाट पास गराएमा पास गर्ने सांसदलाई कुनै पनि हालतमा गाउँमा बस्न नदिने चेतावनी दिदै यो योजना अन्तर्गत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी लगाएर चीनलाई घेर्ने रणनीति भएको बताए ।

यसका विरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आआफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने र राष्ट्रियताको विषयमा सबै राष्ट्रयवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्ने बताए । विरोध प्रदर्शन कार्यक्रमको संचालन ओखलढुंगाका सेक्रेटरी दिनेश सारुले गरेका थिए र कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरु लगायत विद्यार्थी, युवा, आम नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :