एमसीसी विरुद्ध उदयपुरमा संयुक्त विरोध प्रदर्शन

एमसीसी विरुद्ध उदयपुरमा संयुक्त विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी परियोजनाको विरुद्धमा ६ राजनीतिक दलको संयुक्त विरोध प्रदर्शन कार्यक्रम उदयपुरको गाईघाटमा सम्पन्न भएको छ ।

पिपल चोकबाट र्याली निकाली बजार परिक्रमा गरि विरोध सभामा परिणत भएको थियो । सभाको सञ्चालन जनगणतान्त्रिक मोर्चाको संयोजक लिल बहादुर विश्वकर्माले गरेका थिए भने कार्यक्रमको सभाअध्यक्षता नेकपा उदयपुरको जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयालले गरेका थिए । सभामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य मोहनसिंह तामाङ, वैज्ञानिक समाजवादीका गोकुल चाम्लिङले एमसीसीको विरुद्धमा बोलेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा उदयपुर जिल्लाका सेक्रेटरी लक्ष्मण पौडेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने बताए । अमेरिकी उतरसाम्राज्यवादले एमसीसी पारित गर्नुको मुख्य प्रायोजनको बारेमा धारण राखे । नेपालमा एमसीसी पास भएमा नेपालको संविधान माथी अमेरिकी कानुनको नियन्त्रण हुने र समान्तर सरकारको परियोजनाले काम गर्ने बताए । नेपालमा कुनै हालतमा पनि एमसीसी पास गर्न नदिनको लागि राष्ट्रिय स्वाधीनताको आन्दोलनमा आउन देशभक्त, प्रगतिशील शक्तिहरु, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, महिला श्रमजीवी जनसमुदायलाई आह्वान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :