नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य गणेश सुबेदी र पार्टीका शुभचिन्तक तिर्थराज सुबेदीका पिता बामदेब सुबेदीको स्मृतिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा आयोजित श्रद्धाञ्जली कार्यक्रमको प्रमुख आतिथ्य नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितल रहेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेता शितलले श्रद्धाञ्जली मन्तव्य राख्दै कम्युनिस्ट आन्दोलनका अथक योद्धा मृतक सुबेदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका थिए । विद्यार्थीकालदेखि नै कम्युनिस्ट आन्दोलनमा अथक र अविचलित ढंगले देश र जनताको मुक्तिका खातिर लड्ने योद्धा गुमाएकोप्रति नेता शितलले आफुहरु र आफ्नो समस्त पार्टी स्तब्ध भएको बताए ।
दिबंगत सुबेदीले देश र जनताको लागी देखेको मुक्तिको सपना आफ्नो पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गरेर पूरा गर्ने नेता शितलको जिकिर थियो ।
कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले मृतक सुबेदीले कम्युनिस्ट आन्दोलनमा पुर्याएको उच्च योगदानको स्मरण एवम् सम्मान व्यक्त गरे ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज विकास, नेपाल गणतान्त्रिक महासंघका केन्द्रीय सदस्य रुद्र, नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य खेमराज, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिरेन्द्र, जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त, बेपत्ता चन्कु चौधरीका बुवा जोखु चौधरी लगाएत मृतकका भाइ दुर्गा सुवेदी, छोराहरु र बुहारीहरुको आतिथ्य रहेको थियो ।

नेकपा दाङ जिल्ला सदस्य एवम् तुलसीपुर उपमहानगर वडा नं. १३, १४ र १५ का इन्चार्ज शिव सुबेदीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको संचालन नेकपा तुलसीपुर उपमहानगर वडा नं. १५ का सेक्रेटरी नवराज दाहालले गरेका थिए ।

मृतक सुबेदीको संक्षिप्त जिवनीः
बुवा विषाधर सुवेदी र आमा बसुन्धरा सुबेदीको कोखबाट जन्मनु भएका ११ भाई छोरा र १ छोरी मध्ये छैठो सन्तानका रुपमा १९९७/०१ महिना ३ गतेका दिन मृतक बामदेव सुबेदीको जन्म भएको थियो । २०७८/०८ महिना २५ गतेका दिन ८२ वर्षको उमेरमा उहाको दुखद निधन भएको हो।
दिबंगत सुबेदी जन्मकालदेखि मध्यम परिवारमा रही कृषि, शिक्षण तथा राजनीतिमा अभिरुचि राख्नुहुन्थ्यो। २६/२७ बर्षको उमेरदेखि कम्युनिस्ट विचार तथा सिद्धान्तमा समाहित हुनुभयो र दाङ जिल्लामा तत्कालीन समयमा गठित सन्देश समुहका शिवराज गौतम र नेत्रलाल अभागीसँग संगठित हुनुभयो । २०३६ सालमा कोर्डिनेसन कमिटी गठन गर्दा उहाँको उपस्थितिमा र उहाँकै घरमा गठन भएको थियो भने मृतक सुवेदी मरोनोपरान्तसम्म कम्युनिस्ट विचारमा नै अडिग रहनु भएको हो ।
उहाँ सुवेदी कल्याण प्रतिस्ठान दाङको सदस्य समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :