जनपत्रकार संगठन नेपाल बर्दियाको दोस्रो बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल बर्दियाको दोस्रो बैठक सम्पन्न

बर्दियाः जनपत्रकार संगठन नेपाल बर्दियाको दोस्रो पूर्ण बैठक सोमबार मधुवनमा सम्पन्न भएको छ । बैठकले जनपत्रकार संगठन नेपालको आगामी माघ ११, १२ र १३ गते बुटवलमा हुन लागेको चौथौ राष्ट्रिय सम्मेलन तयारीको लागि विभिन्न निर्णय गरेको छ ।

बैठकले चौथौ राष्ट्रिय सम्मेलनमा सहभागी हुने ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक गरि पाँच जनाको टुङ्गो लगाएको छ ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधि पर्यवेक्षकहरुको आर्थिक तयारी,कोटाको तयारी लागायतका विभिन्न निर्णय गरेको छ । वैठकले जिल्लामा एउटा अनलाईन खोल्ने निर्णय पनि गरेको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष वसन्त विक र नेकपाका जिल्ला सेक्रेटरी गणेश चौधरीको आतिथ्यतामा वैठक सम्पन्न भएको हो ।

वैठकमा जनपत्रकार संगठनका केन्द्रीय सदस्य विकले चौथौ राष्ट्रिय सम्मेलनको तयारीमा लाग्न सहभागीहरुलाई निर्देशन दिनु भयो ।
उहाँले जनपत्रकार भनेको जनताको पत्रकार भएकाले जनताको हितलाई सर्वोपरि ठानी समाचार सम्प्रेषण गर्न सुझाव दिनु भयो ।

वैठकमा नेकपाका सेक्रेटरी चौधरीले जनपत्रकार संगठन नेकपाको भातृ संगठन भएकाले जनमतसंग्रह र वैज्ञानिक समाजवादको वारे जनतालाई सुसूचित गर्न सुझाव दिनु भयो । उहाँले अहिले दलाल संसदीय व्यवस्था असफल भएको भन्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवाद जरुरी भएको ठोकुवा गर्न भयो ।

जनपत्रकार संगठन नेपालका जिल्ला अध्यक्ष रमेश प्याकुरेलको अध्यक्षमा वैठक सम्पन्न भएको वैठकमा जिल्ला कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :