चर्को शुल्क घटाउन माग गर्देै अखिल (क्रान्तिकारी) द्वारा ध्यानाकर्षणपत्र

चर्को शुल्क घटाउन माग गर्देै अखिल (क्रान्तिकारी) द्वारा ध्यानाकर्षणपत्र

धरान स्थित बिष्णु मेमोरियल बोर्डिङ स्कुलले अत्याधिक शुल्क असुलेर बारम्बार बिद्यार्थीलाई बारम्बार मानसिक तनाव दिइरहेको र अभिभावकले स्थानीय निकायमा उजुरी दर्ता गर्दासम्म पनि स्थानीय निकाय मौन रही दलाल प्रवृतिलाई अझ बढावा दिइरहेको भन्दै अखिल (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसै सन्दर्भमा अखिल (क्रान्तिकारी) ले शिक्षा समन्वय इकाइ धरान, प्याब्सन जिल्ला समिति सुनसरी, नगर प्याब्सन धरानलाई बोधार्थ गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तीमा संगठनले विद्यार्थीको भविष्यमा खेलवाड नगर्न र चर्को शुल्क घटाउन  माग गरिएको छ । अन्यथा संगठनले कठोर कदम चाल्ने समेत चेतावनी दिएको जनाएको छ।

संगठनका जिल्ला सचिव रोशन एवं केन्द्रीय सदस्य सुस्माको रोहबरमा उक्त प्रेस विज्ञप्ति दिइएको सुनसरी इन्चार्ज नताशा सुबेदीले बताइन् । स्थानीय निकायलाई पनि विषयलाई धाकछोप नगर्न सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :