ओखलढुङ्गामा जनजागरण अभियान तीब्र

ओखलढुङ्गामा जनजागरण अभियान तीब्र

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले जागरण अभियान कार्यक्रमलाई तिव्रता दिएको छ । अभियान नेकपाका केन्द्रीय सदस्य तथा ओखलढुङ्गा इन्चार्ज विवेक कुमालको नेतृत्वमा युवा, विद्यार्थी, महिलाको टिम परिचालित भएको छ ।

सिद्धिचरण नगरपालिकाबाट शुरु भएको अभियान ओखलढुङ्गाको विभिन्न वार्डमा टोल गाउँमा इकाई कमिटी निर्माण भएको छ । मगर मुक्ति मोर्चाको ६ वटा वार्डमा गाउँ कमिटी निर्माण भएको छ । त्यसैगरी श्रमिक समुदाय मोर्चाको २ वटा गाउँ कमिटी निर्माण भएको छ र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी सङ्गठनको १० वटा इकाई कमिटी निर्माण भएको अभियानको इन्चार्ज विवेक कुमालले बताए ।

नगरपालिकास्थित ज्यामिरे र रामपुरमा कोणसभा गरिएको छ । ओखलढुङ्गाको विभिन्न गाउँबस्तीमा रहेको सुकुम्बासी, सहिद परिवार र उत्पीडित वर्गका समुदायमा नेकपाका केन्द्रीय सदस्य र युवा सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेश, युवा सङ्गठनको केन्द्रीय सदस्य कविता कार्की, अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य देहज बिष्ट र युवा सङ्गठनका सदस्यहरूको उपस्थितिमा अभियान तीब्र जनताको घर आगानमा पुगी जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको विषयमा छलफल भेटघाट गरि जनतासँग प्रत्यक्ष जनश्रमदान गरि अभियान तीब्र रुममा अगाडि बढेको इन्चार्जले बताए । जनताको घर आगानमा पुग्दा जनताको सुझाव नेपालमा एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको बताएका छन् ।

दलाल पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद, जनसङ्गठन तथा भण्डारफोर अभियान भन्ने मुल नारासहित देशमा भएको दलाल, भ्रष्टाचार, आन्याय र अत्याचारको विरुद्धमा नेकपा ओखलढुङ्गाले व्यापक रूपमा भित्तेलेखन सहित अभियान सञ्चालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुङ्गा इन्चार्ज विवेकले वैज्ञानिक समाजवाद संसदीय व्यवस्था पूर्ण असफल भएकोले अब एकृकीत जनक्रान्तिमा आबद्ध हुन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :