ट्रेड युनियन महासंघले अभियानसँगै संगठन निर्माणमा तिब्रता दिँदै

ट्रेड युनियन महासंघले अभियानसँगै संगठन निर्माणमा तिब्रता दिँदै

काठमाडौँ : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रमिक जागरण अभियानको क्रममा संगठन निर्माणलाई तिब्रता दिएको छ ।

श्रमिक जागरण अभियानसहित आइतबार काठमाडौँस्थित विभिन्न प्रतिष्ठानमा कार्यरत स्वास्थ्य तथा सरसफाई श्रमिकहरूसँग छलफलमा जुटेको महासंघ सम्बद्ध उपत्यका विशेष क्षेत्र अभियान दलले सविना मगरको अध्यक्षतामा स्वास्थ्य तथा सरसफाई श्रमिकहरूको ६ सदस्यीय इकाइ कमिटी निर्माण गरेको छ ।

यसैगरी महासंघको बागमती प्रदेश समिति अन्तर्गत रहेको अभियान दल उपत्यका बिशेष क्षेत्रका अनुसार उक्त नवगठित इकाई कमिटीमा अध्यक्षमा नविना मगर, उपाध्यक्ष सरस्वती शाही, सचिव सविना शाही, सह–सचिव लक्ष्मिदेवी खड्गी, कोषाध्यक्ष सम्झना शाही र सदस्यमा माइली शाही रहेका छन् ।

उपत्यकामा महासंघको पहलमा विभिन्न पेशागत संघसम्बद्ध इकाई कमिटीहरू निर्माण भइरहेको अभियानमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :