नेकपाद्वारा दैलेखको ठाँटीकाँधमा जनसभा सम्पन्न

नेकपाद्वारा दैलेखको ठाँटीकाँधमा जनसभा सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह तथा जनसम्बन्ध सुदृढ अभियानको क्रममा आइतबार ठाँटीकाँध गाउँपालिकाको बडा नं. ५ मालिका मा.बि.मा जनसभा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले संसदीय व्यवस्थाले देशमा शान्ति, स्थिरता, समृद्धि दिन नसक्ने बताएका छन् । उनले केपी नेतृत्वको दुईतिहाई सरकार विघटन हुनु, पार्टी विभाजन हुनु, संसद दुई पटक विघटन हुनु र अदालतमा बिवाद हुने अबस्था आउनुले यो संसदीय व्यवस्था असफल भएको पुष्टि गरेको बताए । नेपालमा संसदीय व्यवस्थाबाट देश चल्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको उल्लेख गर्दै नेपाली जनतालाई व्यवस्था रोज्ने अधिकारसहित दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमतसङ्ग्रह गरिनुपर्ने नेता दिपेन्द्रले बताए ।

नेकपा दैलेखका जिल्ला कमिटी सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज विश्व र नेकपा दैलेखका जिल्ला कमिटी सदस्य तथा आठविस नपा इन्चार्ज प्रकाशले पनि कार्यक्रममा मनतव्य राखेका थिए । नेकपा जिल्ला कमिटी सदस्य सुद्रसनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बमबहादुर बडुबाल र स्वाागत मन्तव्य लोग राज कार्कीले गरेका गरेका थिए भने प्रभात स्मृति जनसास्कृतिक परिवारका कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :