एमसीसी सम्झौता खारेजीको माग गर्दै उपत्यकाका मुख्यमुख्य चोकमा कोणसभा हुँदै

एमसीसी सम्झौता खारेजीको माग गर्दै उपत्यकाका मुख्यमुख्य चोकमा कोणसभा हुँदै

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज उपत्यकाकाका मुख्य चोकमा कोणसभा गर्ने जनाएको छ । नेकपाले आज साँझ ४ बजे काठमाडौं उपत्यकाका कोटेश्वर, चाबहिल, शान्तिबाटिका, गोंगबु लागयतका चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गर्ने बताएको छ ।

यसैगरी नेकपाले ललितपुर र भक्तपुरको मुख्य चोकमा कोणसभा गर्ने बताएको छ। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि पुष ६ गते काठमाडौं लगायत देशव्यापी रुपमा एमसीसी सम्झौता खारेजीको माग गर्दै देशव्यापी रूपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने तयारी गरेका छन् ।

सोही कार्यक्रमलाई सफल पार्न आज नेकपाले काठमाडौं उपत्यकाका मुख्य मुख्य चोकमा कोणसभा आयोजना गरेको बताइएको छ । यसैगरी नेकपाले आज र भोलि हुने एमसीसी सम्झौता खारेजीको आन्दोलनमा सहभागी हुन आम जनसमुदायहरुलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :