अखिल नेपाल शिक्षक सङ्गठन दैलेखको जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन दैलेखको जिल्ला सम्मेलन सम्पन्न

दैलेख : नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन दैलेखको आठौँ जिल्ला सम्मेलन शनिबार दैलेख बजारको नारायण क्याम्पसमा सम्पन भएको छ । आठौँ जिल्ला सम्मेलनको उद्घाटन अखिल नेपाल शिक्षक सङ्गठनका बरिष्ठ उपाध्यक्ष लक्षीराम ढकालले गरेका थिए । सम्मेलनबाट हरि शर्मा अध्यक्ष रहने गरि ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

शुभकमना मन्तव्यको क्रममा प्रमुख अतिथि लक्षीराम ढकालले सङ्गठनलाई सुदृढ र बिस्तार गर्न सबै शिक्षकहरू सक्रिय हुनुपर्ने बताए । उनले सम्मेलनबाट निर्वाचित जिल्ला समिति वैज्ञानिक शिक्षा र पेशागत हक अधिकारको लागि निरन्तर लाग्नुपर्ने कुरामा जोड गरे ।

यसैगरी नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले दलाल संसदीय व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था भएमा मात्र देशमा समाजवादी शिक्षा लागू गर्न सकिने बताए । उनले समाजबादी शिक्षा र मर्यादित शिक्षण पेशाको लागि सम्पूर्ण शिक्षकहरू एकजुट भएर व्यवस्था परिवर्तन गर्न लाग्नुपर्नेमा जोड दिए ।

यस्तै गुराँस गाउँ समिति इन्चार्ज विश्व, नारायण नपा इन्चार्ज परिवर्तन र आठविस नगर समिति सदस्य बमबहादुर बडुबाल अतिथि रहेका थिए । अखिल नेपाल शिक्षक सङ्गठन दैलेखका अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन थिरबहादुर बि.क.र स्वागत भाषण हरि शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :