अखिल नेपाल शिक्षक सङ्गठन थबाङको अध्यक्षमा उदय घर्ति

अखिल नेपाल शिक्षक सङ्गठन थबाङको अध्यक्षमा उदय घर्ति

दाङ : नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन थबाङ गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले उदय घर्तिको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सम्मेलनले अध्यक्षमा उदय घर्ति, उपाध्यक्षमा मूलज्योती शाह र रामधन रोका मगर चयन भएका छन् भने सचिव निरज वली, सह–सचिवमा प्रेम बहादुर रोका र गोविन बि.क. चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा कृष्णादेवी झाँक्री र अन्य सदस्यहरू पृथ्वीबहादुर नेपाली, गङ्गाराम डागी, हिकमत बि.क., पौरख घर्ती, यमुना वली, लालकुमारी रोका, सृष्टि बुढा, योगेन्द्र मल्ल, थलबहादुर के.सी., धिरकृष्ण बि.एम, भेटकर्म घर्ती, आसमन रोकामगर चयन भएका छन् ।

कार्यक्रममा नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा ‘विषम’ को प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरू नमुना जिल्ला थबाङका सेक्रेटरी अमित घर्ति, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज बिरबल, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष प्रेमबहादुर वली, बिशेष कमिटी सदस्य छिरिङ, युवा सङ्गठन नेपाल रोल्पाका अध्यक्ष डिल्ली रमण वलीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि विषमले जनमतसङ्ग्रहको आवश्यकता र संसदीय व्यवस्थाको बिकल्पबारे प्रस्ट्याएका थिए । जनवर्गीय सङ्गठनहरूले जनमतसङ्ग्रहको बिषयमा बहस थाल्नुपर्नेमा जोड दिँदै बुद्धिजीवी सङ्गठनका हैसियतले शिक्षक सङ्गठनको भूमिका अझ बिशेष रहने बताए ।

कार्यक्रममा आयोजकको तर्फबाट निरज वलीले स्वागत मन्तब्य दिएका थिए भने शिक्षक कुलबहादुर वलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उदय घर्तिमगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :