सर्लाहीमा मजदुर जागरण अभियानको उद्घाटन

सर्लाहीमा मजदुर जागरण अभियानको उद्घाटन

सर्लाही : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सर्लाहीले मजदुर जागरण अभियानको उद्घाटन गरेको छ । सोही क्रममा शर्मिला तामाङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

भेलामा प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्मिला तामाङले जिल्लाका सबै नगर र गाउँपालिकाहरूमा कमिटी गरिने बताए । सुमन बस्नेतले मजदुरहरूको अधिकार वैज्ञानिक समाजवादमा मात्र सुनिश्चित हुने बताए ।

भेलामा प्रमुख अतिथि कमल सुस्लिङ, अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सदस्य तथा बारा पर्शा इन्चार्ज सुमन बस्नेत, किसान सङ्घका केन्द्रीय सदस्य किसुन्देब शर्मा, मगर मुक्ति मोर्चा जिल्ला अध्यक्ष चेलीमाया मगर थिए भने कार्यक्रमको सञ्चालन पदम मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :