एकीकृत जनक्रान्ति नै २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा हो : अर्जुन योगी

एकीकृत जनक्रान्ति नै २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा हो : अर्जुन योगी

दोलखा : नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउँंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ ।

उक्त भेलाले सेक्रेटरी दिपक केसीको नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । सदस्यहरूमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लालप्रसाद पाण्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णबहादुर मिजार, कृष्णबहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित भएका छन् । उक्त भेलाको अवसरमा माओवादी केन्द्रका ६ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका बिशेश कमिटी सदस्य अर्जुन योगीले एकीकृत जनक्रान्ति नै २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा भएको बताए । उनले अब चांडै नै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापना हुने बताए । मन्तव्यका क्रममा उनले माओवादी केन्द्रबाट समाहित हुने नेता कार्यकर्ता एवम् निर्वाचित वडा कमिटीलाई बधाई दिँदै प्रतिगामी तत्वहरू, प्रतिक्रान्तिकारी तत्वहरूका विरुद्धमा निर्ममतापूर्वक लड्नका निमित्त अपिलसमेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेतीले बधाई मन्तव्य राखेका थिए । दिपक केसीको अध्यक्षतामा पार्टीका जिल्ला समिति सदस्य राजकुमार लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :