अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीमा जनक राउत

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीमा जनक राउत

सर्लाही : अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार बागमती नगरपालिका वार्ड नम्बर ५ टेकानी बजारमा सम्पन्न भएको हो ।

भेलाले जनक राउतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रमान, सचिव बिष्णु रुचाल, कोषाध्यक्षमा शान्ति लामा र सदस्यहरुमा मसली माया तामाङ, मिश्रिमाया तामाङ, पेमासिङ काल्दान, दुर्गा बाराकोटी, बुद्धिबहादुर वाइवा, सोममाया मोक्ताङ, कान्छी माया तिदोङ लगायत रहेका छन् ।

भेला तथा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले अब सुकुम्बासीले नो लालपुर्जा नो भोट भनेको बाटोमा हिड्नुपर्ने कुरामा जोड दिएका थिए । उनले संसदीय व्यवस्था रहँदासम्म सुकुम्बासीका समस्या समाधान नहुने भएकोले अब सबै सुकुम्बासीहरु एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्नुपर्ने कुरामा जोड दिए । साथै उनले अब जनताले वैज्ञानिक समाजवादलाई मतद्वारा फैसला गर्ने जनमतसङ्ग्रहमा जान सबै सुकुम्बासीले जोड गर्नुपर्ने कुरामा पनि भेलामा जोड दिए ।

बिचारमान तामाङको सञ्चालन, जनक रावतको अध्यक्षता र पदम मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन, अतिथिमा नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका सचिव कमल सुसलिङ, विशेष कमिटी सदस्य पवन महतो, सिन्धुली जिल्ला सदस्य ज्ञानबहादुर मोक्तान, किसान संघका केन्द्रीय सदस्य किशुनदेव शर्मा, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठागाराम र अन्य जिल्ला पार्टी सदस्यहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :