अखिल (क्रान्तिकारी) जाजरकोटको नलगाडमा बिष्ट

अखिल (क्रान्तिकारी) जाजरकोटको नलगाडमा बिष्ट

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) नलगाडको प्रथम नगर सम्मेलन बिहीबार दल्लीमा भव्य रुपमा सम्पन्न भएको छ । “दलाल पुँजीवादी शिक्षा प्रणालीका विरुद्ध हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि प्रथम नगर सम्मेलन” भन्ने मुल नाराका साथ प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले चेतन बिष्टको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष सुवाससिंह, सचिव पबित्रा बिक, सदस्यहरूमा एकता उपाध्याय, गिता बिक, तिर्सना, झलक, गिता शाही, राजेन्द्र, भरत शाही, सुवास ओली, खपिस सुनार, प्रतिमा ध्यार, निर्वाचित भएका छन् ।

सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिति इन्चार्ज प्रेम शाहीले सम्बोधन गर्दै दलाली र व्यापारीकरण भइरहेको शिक्षा प्रणाली खारेज गर्न दलाल संसदीय व्यवस्थाको नै खारेज गरि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

बिशेष अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज बिराजन शाही अतिथिहरू नेकपा नलगाड नगर कमिटी सह–इन्चार्ज प्रशान्त, अखिल (क्रान्तिकारी) जाजरकोटका पुर्व जिल्ला उपाध्यक्ष तथा २१ औँ जिल्ला सम्मेलन आयोजक समिति संयोजक दिपेन्द्रसिंह, जनपत्रकार सङ्गठन जाजरकोटका अध्यक्ष बिरेन्द्र शाही, युवा सङ्गठन नेपाल जाजरकोटका उपाध्यक्ष कपिल शाही, नेपाल कम्युनिस्ट पार्टी नलगाड नगर कमिटी सचिव शंकरलगायतको सहभागिता रहेको थियो ।

नलगाड नगरपालिकाको सभाहल अगाडि सम्मेलनको उद्घाटन भएको थियो । यसअघि कालिमाटी बसपार्कबाट सुरु भएको जुलुस कालिमाटी बजार हुँदै नलगाड नगरपालिकाको सभाहलमा अगाडि उद्घाटन समारोहमा परिणत भएको थियो ।

प्रथम नगर सम्मेलनलाई अखिल (क्रान्तिकारी) जाजरकोटका पूर्व सचिव तथा २१ औँ जिल्ला सम्मेलन आयोजक समिति सदस्य तिलक बिष्ट ‘शितल’ ले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :