क्रान्तिकारी माओवादी परित्याग गरि पदम बहादुर प्रधानसहित ५ जना नेकपामा प्रवेश

क्रान्तिकारी माओवादी परित्याग गरि पदम बहादुर प्रधानसहित ५ जना नेकपामा प्रवेश

काभ्रेः चौरीदेउराली गाउँपालिका वडा नम्बर २ किल्पु बगरमा नेकपा (क्रान्तिकारी माओवादी) पार्टी परित्याग गरि पदम बहादुर प्रधान लगायत ५ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रधान २०४५ देखि जनमोर्चामा आबद्ध हुँदै २०५५ मा नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी मजदुर संगठनमा र २०६९ देखि नेकपा (क्रान्तिकारी माओवादी) मा थिए । अहिले उक्त पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीका इलाका सेक्रेटरी कृष्ण सेवाले स्वागत तथा सम्मान गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पदम बहादुर प्रधानले जनयुद्धको जगमा जनविद्रोहले क्रान्ति अगाडि बढाउन नसक्ने अबको क्रान्तिको बाटो एकीकृत जनक्रान्ति नै भएको र संसदीय व्यवस्था विश्वभर नै असफल भएकोले संसदीय दलहरुले समाजवादका नाममा जनता ठग्ने, लुट्ने र ढाट्ने काम गरेको बताए । उनले भने, `यो संसदीय व्यवस्था भनेको लुट्ने व्यवस्था भएको अब क्रान्ति विना देश र जनताको मुक्ति सम्भव छैन ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :