झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको छ : विप्लव

महासचिव विप्लवद्वारा इलामको श्रीअन्तुबाट झुल्कने सुर्योदयको अवलोकन

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मङ्गलबार बिहान इलामको श्रीअन्तुबाट झुल्कने सुर्योदय अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार साँझ अन्तु पुगेका महासचिव विप्लवसहित २२ जनाको टोली अन्तुका होटल व्यावसाहीहरूको स्वागत पछि त्यहीको एक होटलमा बास बसेका थिए ।

महासचिव विप्लवसहित पार्टीका केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय कार्यालय सचिव असल खड्का, पार्टीका केन्द्रीय सदस्यहरू सुमन लिम्बु, जोखिम बोहोरा, सुमनसिंह र सल्लाहकार सदस्य होम खतिवडा पनि साथै थिए ।

मङ्गलबार बिहानको सुर्योदय अवलोकन पछि विप्लवसहितको टोलीलाई स्थानिय पर्यटन व्यवसायी युवाहरूले स्वागत र अभिनन्दन गरेका थिए । अभिनन्दन गर्दै उनीहरूले महासचिव विप्लवलाई श्रीअन्तुको सडक र व्यवस्थापनमा समस्या रहेको गुनासो राखेका थिए । स्थानीय व्यवसायीहरूको बीचमा बोल्दै विप्लवले श्रीअन्तुले अथाह पर्यटनको सम्भावना बोकेको बताउँदै यसको प्रवद्र्धनमा आफ्नो पूर्ण सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :