जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तरर्गत प्युठान–काठमाडौँ सम्पर्क मञ्च, अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्च र ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला शनिबार सम्पन्न भएको छ । उक्त जिल्ला भेलाको उद्घाटन जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्याक्सन इन्चार्ज चिरन पुन ‘मिलन’ ले संयुक्त रुपमा गरेका थिए ।

‘आज देशमा दलाल पुँजीवादी राज्यसत्ता क्रियाशील छ, जसको कारणले गर्दा राष्ट्र र जनताको समस्याहरू जटिल अवस्थामा छन्, जबसम्म यो दलाल संसदीय व्यवस्थाको अन्त्य हुनसक्दैन तबसम्म जनता र राष्ट्रको यो समस्या रहिरहन्छ ।’ उनले भने, ‘यो दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य छ ।’ नेता पुनले देशमा चरम भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करी, हत्या, हिंसा, आतङ्कले जनतालाई समस्या पारिरहेको कुरा बताउँदै पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा र तीनबुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । उनले सरकारले पनि त्यो ३ बुँदे सहमतिलाई अक्षरस कार्यान्वयन गर्न सक्नुपर्दछ अन्यथा जनताको जुझारु आन्दोलन अघि बढ्ने बताए । ‘राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा लागू गर्नु हुँदैन, यसले नेपालको सार्वभौमिकतामाथि अधिनायकवाद लागू गर्छ ।’ पुनले भने, ‘यसप्रकारको राष्ट्रघातप्रति हामीकसैले आँखा चिम्लन मिल्दैन यो खारेज हुनुपर्दछ । आजको सहि वस्तुवादी कार्यनीति भनेको जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नु हो ।’ उनले आजसम्म जनताले पार्टी र नेतालाई मतदान गरे, अब यो संसदवादी चुनावले समस्याको हल गर्न सक्दैन त्यसैले जनतालाई जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद तर्फ लैजानु पर्ने बताए ।

संयुक्त जिल्ला भेलाको सफलताको शुभकामना दिनेहरूमा जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्ष रत्न मगर, नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्तिमगर, जनगणतान्त्रिक सम्पक मञ्चका केन्द्रीय सदस्य तथा अर्घाखाँची, पाल्पा र गुल्मी सम्पर्क मञ्चको इन्चार्ज विष्णु खत्री रहेका थिए । कार्यक्रममा सम्पर्क मञ्चका महासचिव पूर्ण श्रेष्ठ, सचिवद्धय शुशिल बलम्पाकी, खेम प्रधान र कोषाध्यक्ष नरेन्द्र थापा, केन्द्रीय कार्यालय सचिव हिरा गौचनको समेत उपस्थिति रहेको थियो । अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चका संयोजक अभिनास पौडेलको अध्यक्षतामा सम्पन्न भएको संयुक्त जिल्ला भेलाको स्वागत ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चका संयोजक जीवन बुढाथोकीले गरेका थिए भने संयुक्त भेलाको सञ्चालन प्युठान–काठमाडौँ सम्र्पक मञ्चका सचिव सरस्वती परियारले गरेका थिए । सहिदहरूप्रति १ मिनेट मौनधारणबाट अघिबढेको संयुक्त भेला एवान पार्टी प्यालेस चावाहिल काठमाडौँमा सम्पन्न भएको थियो ।

संयुक्त जिल्ला भेलाले तीन ओटै जिल्लाको सम्पर्क समिति गठन गरेको छ । १९ सदस्यीय प्युठान–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । जसमा अध्यक्ष चुमानसिंह झाँक्री, उपाध्यक्ष राजु सुनार, सचिव सरस्वती परियार, कोषाध्यक्ष एवन गिरी, सदस्यहरूमा राप्ती सागर, वसन्त पुन, तोयसागर राना, कुलमान केसी, संगीता झाँक्री, मनोज आचार्य, दलबहादुर घर्तिलगायत रहेका छन् । त्यस्तै अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा अभिनाश पौडेल, उपाध्यक्ष शंकर शाही, सचिव मानसिंह विक, कोषाध्यक्ष सम्झना घर्ति, सदस्यहरूमा टेक जिएम, हिमा सुनार, सुमन नेपाली, शिला शाही, सुमन आचार्य, पुरुस्वत्तम घिमिरे, पवित्रा खत्री, हरी नेपाली, अनुप विक, शान्ता परियार, सिमा थापा र सल्लाहाकारमा जगदिशचन्द्र नेपाली, मिनराज पौडेललाई निर्वाचन गरेको छ । यस्तै ओखलढुङ्गा–काठमाडौँ सम्पर्क समितिको १९ सदस्यीय समिति बनेको छ । जसमा अध्यक्ष जीवन बुढाथोकी, उपाध्यक्ष हर्कबहादुर तामाङ, सचिव स्मृति कार्की, कोषाध्यक्ष शुवास श्रेष्ठ, सदस्यहरूमा नवराज बुढाथोकी, सन्जोक लामा, कृष्ण केसी, गङ्गा खड्का, सविन कार्की, सुदिप कार्की, संगीता कार्की, रवि तामाङ, रविन तामाङ, अविनाश लामालगायत रहेका छन् ।

संयुक्त जिल्ला भेलाले आगामी माघ ८ र ९ गते सम्पन्न हुने राष्ट्रिय सम्मेलनलाई भव्यढङ्गले सम्पन्न गर्न आ आफ्नो स्थानबाट भूमिका खेल्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :