नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत वडा नं. ८ को प्रथम भेला सम्पन्न भएको छ । भेलाले ९ सदस्यीय वडा समिति गठन गरेको छ । विकास थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त भेलाले पौष मसान्तसम्म सेल कमिटीहरू विस्तार गरि सङ्गठन सुदृढको कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नगर इन्चार्ज प्रतिबद्धले दलाल पुँजीवाद विरुद्धको सङ्घर्षमा पार्टीका सम्पूर्ण सङ्गठनहरूलाई सुदृढ र एकताबद्ध गरी तीन महिने अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

नगर इन्चार्ज प्रतिबद्धले आगामी दिनहरूमा क्रान्तिकारी ध्रुबीकरणलाई निरन्तरता दिन र राष्ट्रघात, भष्टचार, कालोबजारी, महङ्गी, कमिसनखोर र माफियाकरण विरुद्ध निर्णायक सङ्घर्ष गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेको जानकारी गराए । उक्त कार्यक्रममा पार्टीका महालक्ष्मी सेक्रेटरी जम्बु शेर्पाको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :