एमसीसीविरुद्ध सडकमा आउँन राष्ट्रिय जागरण मञ्चको अपिल

एमसीसीविरुद्ध सडकमा आउँन राष्ट्रिय जागरण मञ्चको अपिल

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च, नेपालले मङ्सिर २४ गते २३ राजनैतिक दल र सङ्घ/संस्थाद्वारा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक अनुरोध गरेको छ ।

मञ्चका संयोजक गुणराज लोहनीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमणका क्रममा यहाँका मुख्य संसदीय पार्टीका मुख्य नेताहरूलाई एमसीसी सम्झौता जसरी पनि पारित गर्न दवाव दिएको र सरकारमा रहेका र सरकार बाहिरका संसदीय पार्टीका नेताहरूले संसदबाट पास गराउने आश्वासन दिएको कुरा सार्वजनिक भैरहेका सन्दर्भमा बोर्ड डाइरेक्टरको बैठक डिसेम्बर १४ अर्थात मङ्सिर २८ गतेका दिन बस्नु र त्यसैदिन नेपालको हिउँदे अधिवेशन एउटा संयोग वा बाघ कराउनु र बाख्रा हराउनु मात्र नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामा नै गम्भीर असर पार्ने, नेपाललाई एक्काइसौँ शताब्दीको अमेरिकी उपनिवेश बनाउने राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउने गम्भीर षड्यन्त्र भएको बताएका छन् । साथै उनले हामी सबै देशभक्त शक्तिहरू एकजुट भएर अमेरिकी साम्राज्यवादको डर, त्रास, लोभमा यहाँका संसदीय पार्टीहरूलाई फसाएर गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा उत्रिन जरुरी रहेको बताएका हुन् ।

मञ्चका संयोजक गुणराज लोहनीले विज्ञप्तिमा भनेका छन्, ‘यही डिसेम्बर १४ अर्थात मङ्सिर २८ गतेका दिन मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक न्युयोर्कमा बस्दैछ र, उक्त बैठकका ६ वटा प्रस्तावहरू मध्येको तेस्रो बुँदामा नेपाल परेको छ । त्यसै दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन बोलाइएको छ । सबैलाई थाहा भएको विषय होकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमणका क्रममा यहाँका मुख्य संसदीय पार्टीका मुख्य नेताहरूलाई एमसीसी सम्झौता जसरी पनि पारित गर्न दवाव दिएको र सरकारमा रहेका र सरकार बाहिरका संसदीय पार्टीका नेताहरूले संसदबाट पास गराउने आश्वासन दिएको कुरा सार्वजनिक भैरहेका सन्दर्भमा बोर्ड डाइरेक्टरको बैठक बस्नु र त्यसैदिन नेपालको हिउँदे अधिवेशन एउटा संयोग वा बाघ कराउनु र बाख्रा हराउनु मात्र नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामा नै गम्भीर असर पार्ने, नेपाललाई एक्काइसौँ शताब्दीको अमेरिकी उपनिवेश बनाउने राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउने गम्भीर षड्यन्त्र हो । त्यसैले हामी सबै देशभक्त शक्तिहरू एकजुट भएर अमेरिकी साम्राज्यवादको डर, त्रास, लोभमा यहाँका संसदीय पार्टीहरूलाई फसाएर गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा उत्रिन जरुरी छ ।’

मञ्चका संयोजक लोहनीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘आजदेखि नै सतर्क हुँदै आउँदो मङ्सिर २४ गते २३ राजनैतिक दल र सङ्घ/संस्थाद्वारा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :