जाजरकोटका गाउँ बस्तीहरूमा राता मान्छेहरू

जाजरकोटका गाउँ बस्तीहरूमा राता मान्छेहरू

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले वैज्ञानिक समाजवादका लागि स्वयम्सेवक अभियान नेपाल अन्तरगत तीन महिने अभियान लिएर जाजरकोटका गाउँ बस्तीहरूमा पुगेको छ ।

“स्वाधीनता, सुशासन र समृद्धिका लागि जनएकता निर्माण गरौँ ! वैज्ञानिक समाजवाद स्थापना गर्न जनमतसङ्ग्रहको चुनाव गरौँ !” भन्ने मूल नाराका साथ वैज्ञानिक समाजवादको लागि तीन महिने स्वयवम्सेवक अभियान नेपाल सञ्चालन गरेको हो । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसीको नेतृत्वमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोही अभियान अन्तर्गत जाजरकोटको बारेकोट सक्ला, मुल्साम र रोकाय गाउँमा कार्यक्रम सम्पन्न भएको छ । जाजरकोटका विभिन्न बस्तीबस्तीमा कार्यक्रम गरेर आम जनसमुदायलाई उत्पीडनबाट मुक्त हुनका लागि नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कार्यनीति जनमतसङ्ग्रहको चुनावद्वारा वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्न एक ढिक्का हुन जनचेतना दिँदै आह्वान् गरिएको नेकपा जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :