अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिले कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी देशैभरी अभियान चलाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ । सोही रणनीतिसहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन सङ्गठन सुदृढ अभियानसहित अखिल क्रान्तिकारीले कैलालीको बहुमुखी क्याम्पसबाट सुरुवात गरेको छ । त्यसैगरी आजै डोटी र बैतडीबाट सोही अभियान उद्घाटन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उ्दघाट्न कार्यक्रममा अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समिति इन्चार्ज प्रकाश जप्रेलको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’, सङ्गठनका सदस्यहरू, जिल्लाका अध्यक्ष र नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :