अखिल क्रान्तिकारी कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन

अखिल क्रान्तिकारी कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, सुर्खेतमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी देशै भरी अभियान चलाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ, सोही रणनीतिसहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन सङ्गठन सुदृढ अभियानसहित अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयबाट सुरुवात गरेको छ ।

उद्घाटन कार्यक्रममा अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समिति इन्चार्ज प्रेम शाहीको अध्यक्षता रहेको थियोे । प्रमुख अतिथिका रुपमा नेकपाका केन्द्रीय सदस्य एटम विसि र विशेष अतिथिको रुपमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव विरेन्द्र शाह रहेका थिए । अतिथिको रुपमा नेकपा सुर्खेत जिल्लाका पार्टी सचिव गणेश बोगटी लगायत जिल्ला स्तरका नेताकार्यकर्ता रहेका थिए । विद्यार्थी जागरण अभियान मङ्सिरदेखि माघ मसान्तसम्म कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूमा सञ्चालन गरिने सङ्गठनका केन्द्रीय सचिव वीरेन्द्र शाहले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :