अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान सुरु

अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान सुरु

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान २०७८ सुरु भएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह विद्यार्थी जागरण अभियान २०७८’ भन्ने मूल नारालाई कार्यान्वयन गर्दै बिहीबार श्री बालकल्याण नमुना माध्यमिक विद्यालय लिबाङ रोल्पामा कार्यक्रम आयोजना गरी अभियान उद्घाटन गरिएको हो ।

अखिल (क्रान्तिकारी) रोल्पाका अध्यक्ष हरिबहादुर वलीको अध्यक्षता र नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ को प्रमुख आतिथ्य र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज प्रदीप कुँवरको आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका इन्चार्ज खिमराज पुन, नगर सेक्रेटरी सिजन, युवा सङ्गठन नेपालका रोल्पा जिल्ला अध्यक्ष डिल्लीरमण वली अतिथिका रूपमा सहभागी थिए ।

उक्त कार्यक्रमको सञ्चालन सङ्गठनका उपाध्यक्ष सिजकुमार घर्तीले गरेका थिए । उक्त कार्यक्रमबाट रमेश डाँगीको अध्यक्षतामा २७ सदस्यीय मूल एकाइ समिति गठन गरिएको छ ।

अखिल क्रान्तिकारीले बिहीबार केन्द्रीय अभियान आरम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :