पार्टी पुनर्गठनको अवसरमा दैलेखमा विविध कार्यक्रम

पार्टी पुनर्गठनको अवसरमा दैलेखमा विविध कार्यक्रम

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलखले पार्टी केन्द्रीय समितिले घोषणा गरेको मङ्सिर ८ गतेको पार्टी पुनर्गठन दिवसको कार्यक्रम विविध गतिविधिहरूसहित सम्पन्न गरेको छ । जिल्लाको आठबिस नपा बडा नं. ८ मा रहेको आठबिस क्याम्पस र आठबिस नपा बडा नं. ४ मा रहेको जनज्योति उच्च मा.वि.मा सरसफाई कार्यक्रममा सम्पन्न गरिएको हो ।

गुराँस गाउँपालिकाको बुबईरागेदेखि स्यालभैरीसम्म गोरेटो बाटो मर्मत गरिएको छ । जनज्योति उच्च मा.बि. राकम कर्णालीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएएको छ ।

अन्तरक्रिया कार्यक्रमा जिल्ला सेक्रेटरी दिपेन्द्रले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको बताए । उनले संसदीय व्यवस्था र संसदीय पार्टीहरूको असफलताले अस्थिरता देखिएको कुरा उल्लेख गर्दै शान्ति, समृद्धि र स्थिरताको लागि संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमतसङ्ग्रह गरिनुपर्नेमा जोड गरे । साथै उनले संसदीय व्यवस्थाको निर्वाचनबाट राजनीतिक संकटको समाधान नहुने कुरा प्रस्ट पारे ।

आठबिस नपा इन्चार्ज प्रकाशको सञ्चालनमा भएको कार्यक्रममा चा.बि नगरपालिका इन्चार्ज क्रान्ति, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुद्रसन र आठिस नगर समिति सेक्रेटरी लोगराज लगायत अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :