डिही आधारभूत विद्यालयमा लिपुलेक सदन प्रथम

डिही आधारभूत विद्यालयमा लिपुलेक सदन प्रथम

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । सिनपा – ६, ७ र १० सेल कमिटीको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप विद्यालयमा सम्पन्न गरेको नेकपा सेल कमिटी सचिव राजुले जानकारी दिए ।

नेकपाको भोलि हुने पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा सितगगङ्गा नगरपालिकाको डिही आधारभुत विद्यालयमा भलिबल प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन् ।

नेकपाका नेता गोपालले कार्यक्रमलाई सम्बोधन गर्दै, प्रथम : लिपुलेक, द्धितियः अन्नपूर्ण, तृतीय : धवलागिरी र सान्त्वना : सगरमाथा टिमलाई विशेष धन्यवाद दिँदै सम्पूर्ण खेलाडीलाई उत्कृष्ट भविष्यको लागि शुभकामना दिएका थिए । साथै वैज्ञानिक समाजवादी शिक्षामा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :