नवलपुरमा बृहत मोटरसाइकल र्याली

नवलपुरमा बृहत मोटरसाइकल र्याली

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टी पुनर्गठन दिवसको अवसरमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । जिल्लाको दलदले बजारबाट सुरु भएको र्याली प्रगतिनगर, कावासोती, डण्डा, गिरुवारी, बसन्तपुर हुँदै चोरमारा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई पार्टीका जिल्ला सेक्रेटरी शितलले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थालाई खारेज गर्दै वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको यात्रामा लामबद्ध सबै नेता, कार्यकर्ता तथा जनसमुदायलाई धन्यवाद व्यक्त गर्दै निरन्तर क्रान्तिको यात्रामा रहन आह्वान् गरे ।

कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य अविनासले गरेका थिए । कार्यक्रममा सयौँ युवा, विद्यार्थी, स्थानीय, नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :