नेकपा निकट जबस मोर्चाले बुझाए ध्यानाकर्षण पत्र

‘आयल निगम भलबारीको गेटमा कोणसभा’

नेकपा निकट जबस मोर्चाले बुझाए ध्यानाकर्षण पत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जबस मोर्चाले रूपन्देहीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा पेट्रोलियम पदार्थमा बढाएको चर्को मूल्यवृद्धिविरुद्ध ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा भारतीय आयल निगमले एकतर्फी मूल्य निर्धारण गरेको, पेट्रालियम पदार्थमा भारतीय एकाधिकार रहेको, नेपाल भारतको आश्रित रहेको, अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन नगरिएको, भण्डारण क्षमता कमजोर रहेको, डिलरहरूलाई अनाश्यक र अपारदर्शी छुट दिएको बताइएको छ ।

ध्यानाकर्षण पत्र पेश गरेपछि नेपाल आयल निगम लुम्बिनी प्रदेश प्रमुख एनबी पोखरेलले मागपत्रलाई निगमको केन्द्रीय कार्यालयमा पठाउने बताउँदै माग पूरा गराउन प्रयत्न गर्ने बताए । ध्यानाकर्षण पत्र बुझाएपछि कोणसभामा बोल्दै नेकपा रुपन्देही जिल्ला सदस्य जसवन्तले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे । उनले निगमलाई सरकारलाई गलत रिपोर्ट दिएको भन्दै जनताले सहुलियतमा पेट्रोलियम पदार्थ पाउनुपर्ने बताए । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले मूल्यवृद्धि तत्काल फिर्ता नगरे सङ्घर्षलाई निरन्तरता दिइने बताए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) रूपन्देही अध्यक्ष इन्दु वलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :