नेकपा निकट जनवर्गीय सङ्गठनहरूले बुझाए ध्यानाकर्षण पत्र

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, काठमाडौँलाई ध्यानाकर्षण पत्र’

नेकपा निकट जनवर्गीय सङ्गठनहरूले बुझाए ध्यानाकर्षण पत्र

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूले जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक पेट्रोलियम पदार्थमा सरकारले निरन्तर गरेको मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्तडी, बाजुरामार्फत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, काठमाडौँलाई ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घका संयोजक केशव उपाध्याय, जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष विमल शाही, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष पार्वती विक, अखिल (क्रान्तिकारी) का अध्यक्ष चरित्रबहादुर शाही, श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष वीरसिंह विक, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक सङ्गीत कडारा, युवा सङ्गठन नेपालका अध्यक्ष कुम्भ महतरा, जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन, नेपालका संयोजक रविलाल वोहरा र अखिल नेपाल किसान महासङ्घका संयोजक प्रदिपे विकले आइतबार संयुक्त रुपमा ध्यानाकर्षण पत्रमार्फत सम्बन्धित निकायलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्तडी, बाजुरामार्फत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, काठमाडौँलाई १५ वटा बुँदागत रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जनवर्गीय सङ्गठनहरूले यस्तो विषम अवस्थामा एउटा जिम्मेवार, राष्ट्रप्रेमी र जनप्रेमी सङ्गठन हुनुको नाताले हुने जुनसुकै घातहरूलाई चुप लागेर बस्न नसक्ने भन्दै निरन्तर सङ्घर्षमा रहेकोसमेत स्मरण गराएका छन् ।

ध्यानाकर्षण पत्र…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :