अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाम : नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध गरेको बन्द आह्वानलाई अछाममा पनि कडाइँका साथ लागू गरिएको छ । अछामस्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, उद्योग, व्यापार, वित्तिय संस्था, विद्यालय र सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरिएका छन् भने एम्बुलेन्स, दूध बोक्ने गाडी, खानेपानीका गाडी र होटलहरू खुल्ला गरिएको छ ।

मङ्गलबार बिहानबाट गरिएको बन्द साँझ चार बजेपछि मात्र खुल्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सङ्गठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले जानकारी दिए । नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र नेपाल आयल निगमको घाटा पूर्तिको बहाना बनाउँदै निरन्तर डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरिरहेको छ । इन्धनको मूल्यवृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बजारमा बढिरहेको छ । मूल्य वृद्धिका कारण नागरिकको जीवनशैली असहज भएको भन्दै नेकपा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सङ्घर्ष गरिरहेको छ ।

सरकारले कोरोनाको कारण जनताको आर्थिक स्थिति दयनीय भएको बेला राज्यले यसरी मूल्यवृद्धि गर्नु जनताको ढाड सेक्ने कुरा भएको जनताको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :