चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवन : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन प्रहरीले विभिन्न ठाउँमा हस्तक्षेप गरेको छ । बन्दको दिन प्रहरीले सो पार्टीका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ ।

यसैबीच नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जनालाई चितवनको लायन्स चोकबाट गिरफ्तार गरिएको छ यस्तै पुर्वी चितवनबाट ३ जना र चौविसकोटीबाट ५ जना गिरफ्तार गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज आह्वान गरेको नेपाल बन्दको क्रममा प्रहरीले देशैभरिबाट दर्जनौँ नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरिरहेको छ ।

यस्तै कपिलवस्तु र अर्घाखाँचीमा पनि प्रहरीले नेकपाका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । प्रहरीले शितगङ्गा नगरपालिका – ११ धानखोलाबाट सो पार्टीका १२ जना कार्यकर्तालाई गिरफ्तार गरी भालुवाङ ईलाका प्रहरी कार्यालयलमा लगिएको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरी, कर्णबहादुर राना, होमबहादुर केसी, सन्तोष काउछा, देबेन्द्र पुन, नारायणबहादुर मोहोरा, मकर सुनार, शंखर घर्ति, पुर्णबहादुर राना, सन्तराज खत्री, पुर्णबहादुर मोहोरा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :