धानखोलाबाट नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार

धानखोलाबाट नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा निस्किएका नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । अर्घाखाँचीको शितगङ्गा नगरपालिका – ११ धानखोलाबाट १२ जना नेता कार्यकर्ता गिरफ्तार परेका हुन् । बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका सो पार्टीका १२ जना कार्यकर्तालाई भालुवाङ ईलाका प्रहरी कार्यालयलमा लगिएको छ ।

गिरफ्तार पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरी, सेल सेक्रेटरी कर्णबहादुर राना, होमबहादुर केसी, सन्तोष काउछा, देबेन्द्र पुन, नारायणबहादुर मोहोरा, मकर सुनार, शंखर घर्ति, पुणबहादुर राना, सन्तराज खत्री, पुर्णबहादुर मोहोरा लगायत १२ जनालाई भालुवाङ ईलाका प्रहरीद्वारा धानखोलाबाट गिरफ्तार गरेको जिल्ला सेक्रेटरी खेम घर्ति मगरले जानकारी दिएका छन् ।

आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा नेकपाले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :