काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको अपिल पर्चा बाड्दै गर्दा नेकपाका महानगर सेक्रेटेरी सङघर्स र नेवाः मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष दिपक मानन्धरलाई गिरफ्तार गरेको छ । गिरफ्तार दुवै जनालाई सोह्रखुट्टे प्रहरीचौकीमा राखेको छ । यसैगरी पशुपति क्याम्पसका अध्यक्ष सुवास महतलाई पनि गिरफ्तार गरेको छ । उता नुवाकोटबाट ७ जना गिरफ्तार भएको नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्जले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :