इलामबाट दुई नेता गिरफ्तार, सेक्रेटरी सशस्त्र प्रहरीको घेरामा

इलामबाट दुई नेता गिरफ्तार, सेक्रेटरी सशस्त्र प्रहरीको घेरामा

इलाम : आजको बन्दमा सडकमा निस्किएका इलामका दुई विद्यार्थी नेतालाई प्रहरीले बिहानै गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य बिनोद मगर र विद्यार्थीका इलाम उपाध्यक्ष मगेस रानालाई गिरफ्तार गरेको हो ।

त्यस्तै बन्द गराउन सडकमा निस्किएका नेकपा इलामका जिल्ला सेक्रेटरी मौसमलाई सशस्त्र प्रहरीले कब्जामा लिएको छ । उनलाई कब्जमा लिएर सडकमै राखेको बताइएको छ । प्रहरीले विद्यार्थीलाई लखेट्दा एकजाना विद्यार्थी र सशस्त्र प्रहरीका इन्स्पेक्टर सामन्य घाइतेसमेत भएका छन् ।

इलाम सदरमुकामको मुख्य बजार ठप्प छ भने मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्याइदिन्छौँ भनेर आश्वासन दिँदासमेत सवारी साधन प्रयोगकर्ताले चलाउन मानेका छैनन् । अहिलेसम्म शान्तिपूर्ण नै रहेको बन्दलाई अवज्ञा गरिए शसक्त प्रतिरोध गरिने युवा नेता बिद्रोहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :