अखिल क्रान्तिकारी बर्दियाको तेस्रो पूर्ण बैठक सम्पन्न

‘शिक्षण संस्थाहरूको अनुगमन गरिने’

अखिल क्रान्तिकारी बर्दियाको तेस्रो पूर्ण बैठक सम्पन्न

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । सङ्गठनका अध्यक्ष हरि प्याकुरेलको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीको प्रमुख अतिथ्यतामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट, केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज डिबि शाही, केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव लोकेशराज जोशी, जनपत्रकार सङ्गठन, नेपाल बर्दिया जिल्ला अध्यक्ष रमेश प्याकुरेलको विशेष उपस्थितिमा आइतबार मधुवनमा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको अध्यक्ष हरि प्याकुरेलले जानकारी दिए । उनले अबैध रुपमा सञ्चालित विद्यालयहरूको अनुगमन गर्नेसमेत बताए ।

बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी गणेशले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले शैक्षिक विकृति र विसङ्गतिका विरुद्ध डटेर सङ्घर्ष गर्न विद्यार्थीहरूलाई आह्वान्समेत गरे । साथै उनले अहिले वर्तमान दलाल संसदीय व्यवस्थाको कारण शिक्षा जनताका छोराछोरीको पहुँचमा नभएको बताए । शिक्षालाई सबैको पहुँचमा ल्याउन जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाको लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षमा स्मरण गराउँदै उनले यसमा सबै युवाहरूको सहभागीता हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :