नेकपा नेता ‘आदर्श’ लाई विभिन्न राजनीतिक नेताकार्यकर्ताद्वारा अभिनन्दन

नेकपा नेता ‘आदर्श’ लाई विभिन्न राजनीतिक नेताकार्यकर्ताद्वारा अभिनन्दन

रोल्पाः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी वली ‘आदर्श’ प्रतिबन्धको समयमा जेल हिरासत भोगेर लामो समयपछि जन्म स्थल पुगेका छन् । जन्मस्थल पुगेका वलीलाई स्वागत तथा अभिनन्दन गर्न शुभ चिन्तक तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु तल्लिन छन् ।

नेपाली राजनीतिक संस्कारलाई हेर्दा यसरी विपक्षी दलका नेता कार्यकर्ताहरु अभिनन्दन कार्यमा जुट्ने गरेको दृश्य कमै मात्रामा देख्न पाइन्छ । नेता आदर्श लगायतका जेल हिरासत मुक्त नेताहरुको स्वागत तथा सम्मान कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी गंगादेवले आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्वतःस्फूर्त उपस्थित भएका स्थानीय समुदाय र विपक्षी दलका नेताहरु विभिन्न समस्या सहितका डेलिगेसन बोकेर अभिनन्दन गर्दै सहयोगको अपेक्षा समेत जाहेर गरे ।

चुडामणी वली आदर्श बाल्यावस्थामा पढेलेखेको स्कुल बिरेन्द्र मा.वि. नाउलीमा बिहीबार पुगे । उक्त स्कुलका संस्थापक तथा समाजसेवी ८६ वर्षिय गंगाराम डाँगी अभिनन्दन कार्यक्रममा उपस्थित थिए । अभिनन्दन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि जय बहादुर डाँगी, नेकपा एमालेका प्रतिनिधि मिस्रि प्रसाद डाँगी, माओबादी केन्द्रबाट वडा सदस्य दिपेश डाँगी, नेपाली कांग्रेसका प्रतिनिधि दिपेन्द्र बहादुर डाँगी, समाजवादी पार्टीका प्रतिनिधि कृष्ण डाँगी लगायत शिक्षक बुद्धिजीवि तथा स्थानीय बृद्ध अभिभावकहरुको उपस्थिति रहेको थियो ।

स्थानीय समाजसेवी गंगाराम डाँगीले अबको विकासप्रेमी नेता चुडामणी वली आदर्श भएको बताए । वलीलाई शुभकामना दिंदै अभिभावक डाँगीले अबको जिम्मेवारी तपाईको काँधमा छ भन्दै नयाँ पुस्ता समाज सुधारमा लाग्नु पर्ने बताए । अन्य विभिन्न राजनीतिक दलहरुले आग्रहपूर्वाग्रह नराखी चुडामणी वलीबाट सहयोगको अपेक्षा रहेको बताएका थिए ।

स्थानीय समुदाय, विभिन्न राजनीतिक दलका प्रतिनिधि र शिक्षक विद्यार्थीद्वारा स्वागत तथा अभिनन्दन गर्ने कार्य भएको थियो । कार्यक्रममा गाउँ कमिटी इन्चार्ज किरणको उपस्थित रहेको थियो भने औपचारिक कार्यक्रमको सभापति युवा संगठन नेपाल रोल्पाका सचिव खिम वली थिए । कार्यक्रमलाई नविन क्षेत्रीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :