अखिल (क्रान्तिकारी) सल्यानले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विरोध प्रर्दशनसहित विरोध कार्यक्रम सहित चक्काजाम सम्पन्न भएको छ । विद्यार्थीहरुको र्यालि नाराबाजीसहित सुरु प्रदर्शनसहितको र्यालि श्रिनगर बजारमा विरोध प्रदर्शनसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य टंक प्रकाश केसीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर्ने सरकारसँग माग गर्दै, पार्टीले आयोजना गरेका संघर्षका कार्यक्रमहरुमा ऐक्यबद्धता गर्न आम विद्यार्थी जनसमुदायलाई अपिल गरे । त्याग, बलिदान ,र अजम्बरी इतिहास सहितको गौरवशाली संगठन पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेजी नगरे दोस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) सल्यान अध्यक्ष राजेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्