दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा

भाेलि धनगढीको खुल्लामञ्चमा हुने पाचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्ने

दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा

धनगढी: “सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुन गइरहेको दलित मुक्ति मोर्चा, नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

भाेलि धनगढीको खुल्लामञ्चमा उद्घाटन सभा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको दलित मुक्ति मोर्चाका महासचिव रामलाल विश्वकर्माले जानकारी दिए । सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएकाे छ । हजारौँ जनताको उपस्थितिमा कलाकार, विभिन्न बाजागाजा, झाँकी र र्यालीले बजार परिक्रमा गरे पश्चात उद्घाटन सभा हुने आयोजकले बताएको छ । भाेलि कात्तिक २७ गते धनगढीमा उद्घाटन हुने सभाका लागि खुल्लामञ्च र बजारका चोक चोकहरु झण्डा, ब्यानरले सजाइएको छ ।

सम्मेलनको बन्दसत्रमा देशका ७७ जिल्ला र प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयम्सेवक गरि ३५० जनाको उपस्थिति रहने पनि आयोजकले जनाएको छ । अहिले देशमा जगदियर रहेको विभेदपूर्ण समाजलाई परिवर्तन गर्नको लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने उक्त सम्मेलनलाई सफल पार्न सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी र जनसमुदायहरूमा मोर्चाले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :