इन्धनको मूल्य बृद्धिविरुद्ध अत्तरियामा विरोध प्रदर्शन

इन्धनको मूल्य बृद्धिविरुद्ध अत्तरियामा विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा अत्तरियामा पेट्रोलियम पदार्थको मूल्य बृद्घिको विरुद्धमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।

कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदीय व्यवस्था भनेको कलोबजारी र भ्रष्टाचारको अखडा भएकोले यो व्यवस्थाको अन्त्य अनिवार्य आवश्कता भएको बताए । उनले जनताको ढाड सक्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको हुँदा यो जनजिविकाको सवाल भएको हुँदा सहयोग गर्न सबै सुदूर–पश्चिमबासीमा अपिल गरे । साथै पुनले २७ गते हुने दलित मुक्ति मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनमा उपस्थितिको लागि आह्वानसमेत गरे ।

अत्तरियाको बसपार्कबाट नाराजुलुससहित भएको जुलुस चौराहमा गएर कोणसभा गरी समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :