पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिविरुद्ध दैलेखमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिविरुद्ध दैलेखमा विरोध प्रदर्शन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले देउवा सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि बिरुद्ध कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गुराँस गाउँपालिकाको स्याल भैरीमा कोणसभा सम्पन्न गरेको हो ।

गुराँस गाउँपालिकाको स्याल भैरीमा भएको कार्यक्रममा पार्टी केन्द्रीय समिति सदस्य लालबहादुर बिसीले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल प्रमाणित भएको बताए । उनले दलाल व्यवस्थाका कारण आज देशमा भ्रष्टाचार र महँगी बढ्दै गएको कुरा उल्लेख गर्दै हालै देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि बिरुद्ध पार्टीले घोषणा गरेका सङ्घर्षका कार्यक्रम सफल बनाउन सम्पूर्ण जनतालाई अनुरोध गरे ।

बिसीले दलाल संसदीय व्यवस्था रोज्ने कि वैज्ञानिक समाजवादी व्यवस्था रोज्ने भनेर जनमतसङ्ग्रह गरिनुपर्नेमा जोड गरे । उनले वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि पार्टीले संयुक्त प्रगतिशील सरकार, जनमतसङ्ग्रह वैक्षानिक समाजवादको नीति अगाडि सारेको र यो नै समाधान भएको बताए ।

गुराँस गाउँ समिति सेक्रेटरी गगनले सञ्चालन गरेको कार्यक्रममा गुराँस गाउँ समिति इन्चार्ज विश्व बुढा र जिल्ला समिति सदस्य चन्द्र बुढाको पनि उपस्थिति रहेको थियो । ठाँटीकाँध गाउँपालिकाको ठाँटीकाध बजारमा भएको कोण सभालाई चामुन्डा बिन्द्रासैनी नगर समिति इन्चार्ज क्रान्तिले सम्बोधन गरेका थिए भने सञ्चालन बमबहादुर सिजापतिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :