नेकपाद्वारा नवलपरासी र नवलपुरमा मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन

नेकपाद्वारा नवलपरासी र नवलपुरमा मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन

बर्दघाट : नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुरसहित देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । सरकारले केही दिन अघि गरेको पेट्रोलियम पदार्थको अत्याधिक मूल्यबृद्धिको विरुद्धमा नेकपाले विरोध प्रदर्शन गरेको हो ।

नेकपा नवलपरासीको कार्यक्रमलाई बर्दघाट नगर कमिटी सदस्य गणेशले सम्बोधन गरेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला संयोजक सन्देशले गरेका थिए । त्यसैगरी नवलपुर जिल्लाको मध्यबिन्दुमा इन्चार्ज बिशालले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्ने वक्ताहरूले मुूयबृद्धि खारेज नहुँदासम्म आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने र गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मूल्यबृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :