दलित मुक्ति मोर्चा, नेपालद्वारा धनगढीमा पत्रकार सम्मेलन सम्पन्न

दलित मुक्ति मोर्चा, नेपालद्वारा धनगढीमा पत्रकार सम्मेलन सम्पन्न

धनगढी : “सामाजिक दलला पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुन गइरहेको दलित मुक्ति मोर्चा, नेपालको पाचौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले जनाएको छ ।

बुधबार धनगढी पार्कमोड नजिक रहेको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले अहिले देशमा जगदियर रहेको विभेदपूर्ण समाजलाई परिवर्तन गर्नको लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने बताए र यस सम्मेलनलाई सफल पार्न सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी र जनसमुदायहरूमा अपिल गरे ।

साथै अध्यक्ष विश्वकर्माले २७ गते धनगढी पार्कमोडमा सञ्चालन हुने कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्ने र सो कार्यक्रममा हजारौँ जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी र र्यालीसहित उद्घाटन हुने बताए ।

सम्मेलनमा देशका ७७ जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयम्सेवक गरि ३५० जनाको उपस्थिति हुने आयोजकले जनाएको छ ।

केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुन, जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने र मोर्चा केन्द्रीय उपाध्यक्ष सम्झना विक लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन महासचिव रामलाल विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :