नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आगामी फागुनमा हुने पार्टी महाधिवेशन र मंसिर ८ मा हुने पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई भव्यताका साथ तयारी गर्ने निर्णय गरेको छ ।

माल्कोटमा पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा सहितको उपस्थितिमा बसेको जिल्ला समितिको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको ९ औं महाधिवेशन जनयुद्ध दिवसको अवसर पारेर फागुनमा हुँदैछ । यस्तै पार्टीको पूनर्गठन दिवस पनि काठमाडौमा भव्य जनसभा गरि मनाउने पार्टीको निणर्य अनुसार जिल्लाबाट केही जनतालाई कार्यक्रममा सहभागी गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको निश्कर्ष निकाल्दै त्यसको ठाउँमा जनतालाई वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रहको चुनावमा केन्द्रीत गर्ने निर्णय गरेको छ ।

बैठकले केही साँगठनिक रुपमा हेरफेर समेत गरेको नेकपा कालिकोटले जनाएको छ । बैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सशक्त संघर्ष गर्ने र जिल्लामा एमसीसी विरोधी राजनैतिक दलसँग सहकार्य गरि भण्डाफोर गर्ने निणर्य पनि गरेको छ ।

बैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले जिल्ला समितिले गरेका निर्णयहरु जनतासम्म कार्यन्वय गर्न निर्देशन दिए । यस्तै बैठकमा पार्टीका केन्द्रीत सदस्य एटम, बलवान र विराटको समेत सहभागिता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :