नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी रणदिपको सभाअध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ताको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरु एटम बिसी, विराट, बलवान्, विशेष कमिटी सदस्य अविचल, साधारण शाखा सेक्रेटरी अर्जुनको आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रत्येक एरियाबाट ९ जना एरिया सदस्यले रिपोर्ट राखेका थिए । प्रमुख अतिथि प्रकाण्डले रिपोर्टमा उठेका विषय र राष्ट्रिय, अन्तरराष्ट्रिय परिस्थिति तथा पार्टीको आगामी योजनाको विषयमा प्रशिक्षण मन्तव्य राखेका थिए । अर्का अतिथि एटमले थप विषयवस्तुबाट आन्तरिक पङक्तिलाई अनुभूति मन्तव्यमार्फत स्पष्ट पारेका थिए ।

वर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादका लागि जनमत संग्रह अपरिहार्य भैसकेकाले जनतामा स्पष्टता ल्याउन सिङ्गो पार्टी जनतामा पुग्नु पर्ने धारणा राखे । अन्तमा जिल्ला सेक्रेटरी रणदिपले दोस्रो पूर्ण बैठकको योजना सम्प्रेषण गर्दै समापन गरे । समापनपछि नाराले हल गुन्जयमान गर्दै कार्यकर्ता हलबाट निस्केको नेकपा कालिकोट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :