ल्याऊँ समाजवाद

कविता

दिनभरि श्रम गर्ने साँझ हुन्छ भोकै
संसदीय व्यवस्था त भा’छ सबलाई रोगै ।

टोलटोलबाट उठ्ने बेला भइसक्यो अब
एकीकृत जनक्रान्तिमा जुटौँ हामी सब ।

मागी खाने भाँडो मात्र भयो हाम्रो यो देश
दलालहरूको लुटतन्त्रले पुर्याएको छ ठेस ।

बेच्नु हुन्न हाम्रो इज्जत बचाइराख्नुपर्छ
वैज्ञानिक समाजवादमा देशको सान बढ्छ ।

जुटौँ, उठौँ, मिलौँ अब यो व्यवस्था फाल्न
खुसीँसगै सन्तुष्टिले समाजवादमा जिउन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :