पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्गको तेह्रौँ स्मृति दिनको अवसर पारि स्मृति सभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको हो ।

उक्त सभामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले ‘राष्ट्र र जनताप्रति धोका नहोस्’ भनेर अन्तिममा पठाउनु भएको सन्देश र मलाई उहाँले ‘तपाईंको घर तिनाउमा हो यस क्षेत्रमा नेपाली जनताको विरुद्धमा आएको एमसीसी परियोजनाको रक्षार्थ अमेरिकी सेना बस्न यस तिनाउ गाउँपालिका बसन्तपुरमा बस्ने योजना बनाउँदै छ, यसका विरुद्धमा अन्तिमसम्म तपाईं लड्नु होला’ भनेर निर्देशन गर्नु भएको बारे चर्चा गर्दै दृढ अठोट सहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी र सम्पूर्ण जवस मोर्चाका तर्फबाट स्मृति सभामा नेकपाा केन्द्रीय सदस्य वीरजङ्गले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता सहितको जिवनीका बारेमा पाल्पा जिल्ला सचिवालय सदस्य निसानले पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :