धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले केन्द्रीय सदस्य वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रदाञ्जली अर्पण गरेको छ । नेकपा धनुषा जिल्ला सेक्रेटरी सन्तोष र महोत्तरी जिल्ला सेक्रेटरी झमानसिंह वलम्पाकीको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सदस्य तथा धनुषा÷महोत्तरी इन्चार्ज देवनारायण रहेका थिए ।

इन्चार्ज देवनारायणले वीरजङ्ग कम्युनिस्ट आन्दोलनका महान् प्रखर नेता रहेको बताएका छन् । उहाँ जनताका दुश्मनका सामू कहिल्यै झुक्नु भएन, उहाँको महान् उद्देश्यलाई पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनताका दुश्मन रहेका तमाम दलाल संसदीय व्यवस्थालाई खरानी बनाई जनमतसङ्ग्रह र सशस्त्र जनसङ्घर्षमार्फत वैज्ञानिक समाजवादको व्यवस्था कायम गरि जनतालाई दास, नोकर र गुलाम होइन, मालिक बनाई छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :