कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालीकोटे जनताले भव्य स्वागत गरेका छन् । लामो समयपछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुगेका नेता प्रकाण्डलाई कालीकोटको खुलालुमा फुल माला र अविरले स्वागत गरेका हुन् ।

खुलालुमा बुधवार विहान स्थानीय बजार व्यवस्थापन समितिको आयोजनामा शुरु भएको स्वागत बेलुका माल्कोटमा हजारौँ जनताको सहभागितामा बाजागाजा बजाउँदै फुलमाला र अविरले स्वागत गरिएको थियो ।

नेकपा कालीकोटले स्वागतको संयोजन गरेपनि स्थानीय जनताको उल्लेख्य रुपमा सहभागितामा स्वागत तथा सम्मान गरिएको छ । प्रवक्ता प्रकाण्डले सबै स्वागत समारोहमा सहिदको सपना पूरा गर्ने जनतामा बाचा गरेका छन् । जनयुद्धका नेताहरू प्रचण्ड बाबुरामहरूले गद्दारी गरेपनि आफूहरूले नगरेको भन्दै नेता प्रकाण्डले अब नेकपाको नेतृत्वमा बाँकी क्रान्ति पूरा हुने विश्वास दिलाए ।

माल्कोटको स्वागतपछि प्रकाण्डले कालीकोट उच्च बलिदानको इतिहास भएकाले फेरि पनि यहाँको क्रान्तिकारी जनता दलाल सत्ताको शोषण, दमनका विरुद्ध लाग्नुपर्ने बताए । सोही अवसरमा पार्टीका केन्द्रीय सदस्य एटम र विवेकलाई पनि स्वागत गरिएको छ ।

आजदेखि माल्कोटमा हुन लागेको कर्णालीका जिल्लाहरूको पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन प्रवक्ता प्रकाण्ड बुधबार विहान कालीकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :